logo
२०८१ बैशाख १३ बिहीवार



पहिरोले घर भत्किँदा बिचल्ली

खुला |


पहिरोले घर भत्किँदा बिचल्ली


सुरेन्द्र खत्री,

रुकुम (पश्चिम), भदौ २५ गते । जिल्लाको सानीभेरी गाउँपालिका –८ द्वारेमा रहेको स्थानीय कुमे कामीको घर पहिरोले भत्किएको छ । घरमुनिबाट आएको पहिरोले आफू बस्दै आएको घर भत्किएपछि कुमेको परिवारको बिचल्ली भएको हो ।

मध्यपहाडी लोकमार्ग फराकिलो बनाउने क्रममा घरदेखि तलतिरको जमिन डोजरले तान्दा घर भत्किएको पीडित कुमे कामीले बताउनुभयो । ‘घर जान्छ भन्ने थाहा हुँदाहँुदै पनि डोजर लगाएर घरमुनिको खाली जमिन सबै लगे ।’ उहाँले भन्नुभयो, ‘हामीले त्यतिबेला अवरोध पनि ग¥यौँ, उनिहरुले घर बचाउन पर्खाल लगाइदिन्छौं भने, पर्खाल पनि धेरै तल रह्यो अहिले आएर यो हालत भयो ।’ एक्कासी मुसलधारे वर्षा परेर पहिरो जाँदा घर भित्रको सामान पनि निकाल्न नपाएको उहाँको दुःखेसो छ ।

आफूहरुसँग अहिले ओढ्ने ओछ्याउने र लगाउने लत्ताकपडा र खाने अन्नसमेत नभएकोले निकै समस्यामा परेको कुमे कामीले बताउनुभयो । अहिले कामीका परिवार नजिकै छिमेकीको घरमा बसेका छन् । परिवारमा आफ्ना बुढाबुढी, दुई छोरा, एक बुहारी र एक नाति समेत रहेकोले व्यवस्थापनमा समस्या भएको कामीको भनाइ छ ।

केहीवर्ष अघि अर्माबाट द्वारे आएर आरन व्यवसाय गरी भाँडाकँुडा बनाउने कामबाट कमाएको रकमले निर्माण गरेको दुईतले घर भत्किएपछि आफ्नो परिवार घर न घाटको भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । मध्यपहाडी लोकमार्गको हासीवाङ चौरजहारी खण्ड निर्माण गर्ने दिवा चन्द्रा एण्ड वशन्त कन्स्ट्रक्सनको सम्पर्क कार्यालयमा क्षतिपुर्तिका लागि पुग्दा क्षतिपूर्ति हुन्छ तर केहि समय लाग्छ भनेर फर्काएको कामीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?