• १५ मंसिर २०८१, शनिबार

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, साउन १९ गते । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको भुक्तानी दिने प्रयोजनको लागि सो घुस लिएको आरोप लागेको छ ।

आरोपितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम दुई लाख रुपियाँसहित कैद सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।