• १५ मंसिर २०८१, शनिबार

पत्रकार हरिप्रसाद रिजालको निधन

blog

पत्रकार हरिप्रसाद रिजाल । तस्बिर फेसबुकबाट

काठमाडौं, साउन १९ गते। पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो। उहाँका दाजु प्रल्हाद रिजालका अनुसार रिजालको हृदयघातका कारण शुक्रबार बिहानका राति २ बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। अस्पतालले हृदयघातका कारण रिजालको निधन भएको परिवारलाई जानकारी गराएको हो।  रिजाल आर्थिक दैनिकमा कार्यरत हुनुहुन्थ्यो। उहाँका दाजु आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुनुहुन्छ।

धादिङको नीलकण्ठ नगरपालिका–६ घर भएका ४३ वर्षीय रिजालका श्रीमती र एक छोरी हुनुपर्छ। नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्य रिजालको निधनप्रति नेपाल पत्रकार महासङ्घले शोक व्यक्त गरेको छ। 

महासङ्घका महासचिव रोसन पुरीले विज्ञप्ति सार्वजनिक गर्दै रिजालको निधनको खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ। 

धादिङको निलकण्ठ नगरपालिका–६ सुनौलो बजारमा जन्मेका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समूहमा कार्यरत रहेका रिजालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ महासङ्घको विज्ञप्तिमा उल्लेख छ।