• १५ मंसिर २०८१, शनिबार

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने

blog

काठमाडौं, असार २७ गते । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हाल देशमा मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदरभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ ।

महाशाखाले हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । साथै कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केशी स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।