• १५ मंसिर २०८१, शनिबार

आकाश फुड्सलाई एक लाख ५० हजार जरिवाना

blog

काठमाडौं, असार २५ गते । काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित आकाश फुड्सलाई एक लाख ५० हजार जरिवाना तिराएको छ ।

महानगरले आइतबार गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा रहेको उक्त फुड्समा सडेगलेको र ढुसी परेको मिठाइ तथा कीरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको हो ।

महानगरले आकाश फुड्सलाई सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ । यदि समयमा जरिवाना नबुझाए थप कारबाही गर्ने चेतावनी दिएको छ ।