• ७ असार २०८१, शुक्रबार

ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याउँदै श्रीलंका

blog

काठमाडौं, असार ८ गते। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ। 

जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो। 

ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए। ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिनुभयो भने लाहिरु कुमाराले तीन विकेट हात पार्नुभयो। 

त्यस्तै कसुन रजितले एक विकेट लिनुभयो। श्रीलङ्का अहिले जवाफी ब्याटिङ गरिरहेको छ। विना विकेट १३ ओभर खेल्दा श्रीलंकाले ८१ रन बनाएको छ।