• २७ पुस २०८१, शनिबार

लुम्बिनी वाणिज्यको स्ववियु निर्वाचन जेठ १४ मा

blog

फाइल तस्विर

भुवन कार्की

रुपन्देही, जेठ ४ गते । विद्यार्थी सङ्गठनहरुबीच भएको विवादले स्थगित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन ज्येष्ठ १४ गते हुनेभएको छ । 

लुम्बिनी वाणिज्यमा क्याम्पसमा गत चैत ५ गते स्ववियु निर्वाचन प्रक्रिया सुरु भएपनि विद्यार्थी सङगठनबीच विवाद हुँदा निर्वाचन रोकिएको थियो । यो क्याम्पस रुपन्देहीको दोस्रो ठूलो क्याम्पससमेत हो ।

निर्वाचन स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरूले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको पाण्डेले बताउनुभयो । यो क्याम्पसमा पछिल्ला स्ववियु निर्वाचनहरूमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको छ।