• १५ चैत २०८०, बिहिबार

बैङ्कको चर्को व्याजविरुद्ध विरोध प्रदर्शन

blog

बैङ्कको चर्को व्याजविरुद्ध ढल्केवरमा व्यवसायीद्वारा गरिएको विरोध प्रदर्शन । तस्बिर : विजयकुमार

विजयकुमार साह 

ढल्केवर, मङ्सिर २२ गते । धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् । 

बैङ्कहरूले बढाएको ब्याजदरको विरोध गर्दै व्यवसायीहरूले “मौद्रिक नीति परिमार्जन गर, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, व्यवसाय गरी खान देऊ” जस्ता मागहरू लेखिएको पर्चा तथा ब्यानर बोकेर ढल्केवर चौकमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । 

मिथिला उद्योग वाणिज्य सङ्घ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बैङ्कले व्याज वृद्धि गर्दा व्यवसायीहरू मारमा परेको बताउनुभयो । बैङ्कहरूले बढाएको व्याज तत्कालै फिर्ता लिन र व्यवसायीहरूलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो । 

अध्यक्ष साहले कर्जाको ब्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसायी नै घरायसी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिनुभयो । बैङ्कले ब्याजदर नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहेन बताउनुभयो ।  

व्यवसायीहरूले बैङ्कको चर्को व्याजविरुद्ध गरिएको प्रदर्शनमा जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मधेस प्रदेशका पदाधिकारीहरूको समेत सहभागिता थियो ।