• १५ चैत २०८०, बिहिबार

जग्गा वितरण गर्न रोक

blog

काठमाडौँ, भदौ ३१ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गरी आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सबै काम तत्काल स्थगित गर्न निर्देशन दिएको छ। यसबारे दुई दिनभित्र यथार्थ जानकारी दिन पनि निर्देशन दिइएको छ।

त्यस्तै सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्च बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट  नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्ने नगराउन पनि निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएको छ। यस्तो निर्देशन सङ्घीय सरकार, सातवटै प्रदेश सरकार र सबै स्थानीय तहलाई दिइएको छ।