• १३ कात्तिक २०८२, बिहिबार

‘पलेँटी’ मा ज्ञानु राणा

blog

काठमाडौँ , कात्तिक १३ गते । अङ्ग्रेजी महिनाको अन्तिम शक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यस पटक ज्ञानु राणा प्रस्तुत हुनुहुने भएको छ । कार्यक्रम आउँदो शुक्रबार र शनिबार आयोजना हुँदै छ । ‘पलेँटी’ मा प्रसिद्ध लोककलाकार धर्मराज थापाको सम्झना पनि गरिने छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ ।

राणाले सुपुत्र विकासजङ्ग राणालाई समेत ‘पलेँटी’ मा सहभागी गराउनुहुने छ । विकासले धर्मराजका लोकप्रिय गीत सुनाउनुहुने छ । “यसपालिको पलेँटीलाई तीनपुस्ते सिर्जनात्मक सङ्गमका रूपमा पनि लिन सकिन्छ,” नेपालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रूपक चौधरीले साथ दिनुहुने छ । 

आयोजकका अनुसार यसपालिको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, साइँली रिमै चौँरी गाई’, ‘हरियो डाँडामाथि’ जस्ता झन्डै डेढ दर्जन गीत प्रस्तुत गरिने छन् ।