• ४ साउन २०८२, आइतबार

गुडिरहेको कारमा ढुंगा खस्यो, तीनजना घाइते

blog

दुर्घटनामा परेको कार ।

शालिग्राम नेपाल 

चितवन, साउन ४ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएको जानकारी दिनुभयो । सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेतो रङगको कारमा ढुंगा खसेको हो । 

कारमा सवार पाँच जनामध्ये पछाडि बसेका कार चालक भारतको आग्रह बस्ने ४२ वर्षीया रतेन्द्र यादव, ३३ वर्षीया हर्मोन यादव र ३५ वर्षीया हितेन्द्र यादव घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको इच्छाकामना–५ मुग्लिनको जनता कियर हस्पिटल उपचार भइरहेको छ ।