• ४ साउन २०८२, आइतबार

अवरुद्ध फिदिम-फालौट सडकखण्ड सञ्चालन

blog

अवरोध हटेपछि सञ्चालनमा आएको फिदिम‘फालौट सडकखण्ड। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, साउन ४ गते। बाढीका कारण अवरुद्व पाँचथरस्थित फिदिम नांगिन याङनाम सडकखण्ड सञ्चालनमा आएको छ।

फिदिम नगरपालिका १ र ११ को सिमाना छुट्याएर बग्ने फेमे खोलाको अवरोध हटाइएसँगै यो सडकमा सवारी र ढुवानीका साधन सञ्चालनमा आएका हुन्।

अविरल वर्षासँगै आएको बाढीले यहाँ निर्मित डाइभर्सनदेखि दाहिने भागको सडक कटान गर्दा आइतबार बिहानैदेखि सडक अवरुद्व थियो।

यसैबीच पूर्वाधार विकास कार्यालय पाँचथरले झण्डै १२ घण्टा लगाएर खोलाको धार परिवर्तन गर्दै कल्भर्टबाट निकास दिएर कटान गरेको सडक मर्मत गरेपछि अवरुद्ध सडक सुचारु भएको कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

यो सडकले फिदिम नगरपालिकाको ११, १२ र १३ नम्बर वडासँगै फालेलुङ गाउँपालिकालाई जोड्छ।