ओखलढुङ्गा, साउन ४ गते । चिसङ्खुगढी गाउँपालिका–१, कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेचासल्याण गाउँपालिका–४, बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युतकाे एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस