• ४ साउन २०८२, आइतबार

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

blog

सिमकोट (हुम्ला), साउन  ४  गते ।  सर्केगाड गाउँपालिका–४,  झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल  आगलागीबाट जलेर नष्ट  भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज बिहान आगलागी हुँदा  किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिनुभयो ।  

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । रासस