अमरराज नहर्की
तनहुँ, साउन ४ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।
पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस [हाइस] चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । प्रनाउ थापा अनुसार कास्की जिल्लाको पोखरा महानगरपालका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा घाइते हुनुभएको छ ।
त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते हुनुहुन्छ । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएकाे छ ।