गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । राजेन्द्र बस्नेतको निर्देशनमा हास्य चलचित्र ‘किस्ने कहाँ छ ?’ को निर्माण घोषणा गरिएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो ।
चलचित्रको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पार्नुभएको छ । चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने कार्यकारी निर्माता ईश्वर वल्लब उप्रेती रहनुभएको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रको छायाङ्कन छिट्टै सुरु हुने छ । कलाकारको टुङ्गो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।