• ३ साउन २०८२, शनिबार

एमाले पोलिटब्यूरो बैठकमा १० प्रस्ताव

पूर्व राष्ट्रपतिलाई राजनीतिमा नआउन महेश बस्नेतको सुझाव

blog

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत । फाइल तस्बिर

काठमाडौँ, साउन ३ गते। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राख्नुभएको छ।

बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु नहुनेदेखि आन्तरिक बसाइसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्नेसम्मका प्रस्ताव राख्नुभएको हो।

नेता बस्नेतले आफूले बैठकमा राखेका विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो। पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किदा नैतिक र प्रक्रियागत गल्ती गर्न नहुने उहाँको सुझाव छ। ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको दायित्त्व छनाेट चाहनाले मात्र होइन, विधि सम्मत प्रक्रियाले हुन्छ’, उहाँले सुझावमा भन्नुभएको छ।

भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहडमा होइन केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। ७० वर्षे उमेर हदका बारेमा बोल्दै उहाँले राजनीतिक अवकास स्वचालित होइन, स्वेच्छाले र क्षमताको विषय भएको उहाँको भनाइ छ।

नेता बस्नेतले महाधिवेशनले पास गरेको विधान भन्दा अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षडयन्त्रको आरोप नलगाउन चेतावनीसमेत दिनुभएको छ।उहाँले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गर्नुभएको छ ।