काठमाडौँ, साउन ३ गते । नेपाल जिम्न्याष्टिक सङ्घको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
सङ्घको उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की निर्वाचित हुनुभएको छ ।
यस्तै मुकुन्दराज शर्माले महासचिव, रामप्रसाद बस्याल र डा.कुस्मिला आचार्यले सचिव, सुनिलमान सिंहले कोषाध्यक्ष र सङ्गीता खड्काले सहकोषाध्यक्षको जिम्मेवारी पाउनुभयो ।
सदस्यहरूमा सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन हुनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबिच प्रमाण पत्र प्रदान गर्नुभयो । यसअघि साधारण सभाको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।