जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी
गोरखापत्र अनलाइन ,
पुष ५, २०७६ शनिबार
काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ ।