संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छः भण्डारी
रासस
पुष २७, २०७७ सोमबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले संसद् पुनःस्थापना हुने÷नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ...