राजनीतिक वार्ता गर्न साझा पार्टीको संवाद समिति गठन
गोरखापत्र अनलाइन
पुष २९, २०७७ बुधबार
विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन, सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आकार र सामथ्र््यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले बताउनुभयो ।