उवा महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट
रासस
बैशाख २५, २०७८ शनिबार
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।