logo
२०८१ बैशाख ८ शनिवार



स्थानीयद्वारा नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड

राष्ट्रिय |


स्थानीयद्वारा नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड


काठमाडौं, चैत २८ गते । खानेपानीको मुहान सुकेको दाबी गर्दै नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् ।

महानगरीय परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले दहचोक–सिस्ने खोला सुरुङमार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको दाबी गर्दै स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरेको जानकारी दिनुभयो । यद्यपि, उहाँले अहिले अवस्था सामान्य रहेको बताउनुभयो ।

एसएसपी गिरीका अनुसार सुरुङमार्ग निर्माण भएपछि खानेपानीको मुहान सुकेको दाबी स्थानीयले गरेका छन् । उहाँले मुहान सुकेको दाबी गर्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएको समेत जानकारी दिनुभयो ।

‘योभन्दा अघि पनि स्थानीयले अवरोध गरेका थिए । त्यसबेला स्थानीय र खानेपानीबीच सहमति भएको र पुनः काम अगाडि बढेको थियो ।,’ उहाँले भन्नुभयो, ‘खानेपानीको मुहान सुकेको दाबी गर्दै स्थानीद्वारा सामान्य तोडफोड भएको हो । त्यति धेरै ठूलो तोडफोड भएको हैन ।’

यद्यपि, उहाँले अहिले अवस्था सामान्य रहेको र दुवै पक्षबीच वार्ता भइरहेका बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?