logo
२०८० चैत्र १६ शुक्रवार



राजस्व छली मुद्दाका अभियुक्त उमाशंकर रायभरसँग २५ हजार धरौटी माग

राष्ट्रिय |


राजस्व छली मुद्दाका अभियुक्त उमाशंकर रायभरसँग २५ हजार धरौटी माग


काठमाडौं, माघ १४ गते ।राजस्व छली मुद्दामा जेल पर्नु भएका उमाशंकर रायभरलाई सर्वोच्च अदालतले  २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उहाँलाई  उच्च अदालत पाटनले २०७७ साल फागुन १७ मा ७५ लाख रुपियाँ धरौटी माग गरेकोमा सो बुझाउन नसकेपछि उहाँ थुनामा पर्नु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले रायभरसँग ७५ लाख रुपियाँ धरौटी माग गर्ने उच्च अदालत पाटनको आदेश बदर  गरी २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियाे ।

उहाँकाे नगिरकता प्रमाणपत्रकाे दुरूपयाेग गरी उहाँका नाममा विभिन्न कम्पनी खाेली त्यसबाट राजश्व छली भएकाे थियाे । साेही प्रकरणमा उहाँमाथि २८ कराेड रूपियाँ राजश्व छली गरेकाे अभियाेमा मुद्दा चलाइएकाे थियाे ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?