logo
२०८० चैत्र १६ शुक्रवार



कोभिड सङ्क्रमितको संख्या बढे पनि सीमाक्षेत्रमा छैन कडाइ

स्वास्थ्य |
प्रदेश |


कोभिड सङ्क्रमितको संख्या बढे पनि सीमाक्षेत्रमा छैन  कडाइ


जिवछ यादव
लाहान, माघ ५ गते । सिरहा जिल्लामा कोभिड सङ्क्रमितहरुका संख्या बढे पनि नेपाल भारतीय सीमा क्षेत्रमा सीमापारिबाट आउनेलाई प्रभावकारी जाँच नगर्दा यसले जोखिम हुने देखिएको छ ।

लाहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दिनहँु संयौै संख्यामा आउने भारतीय आँखाका बिरामीलाई ठाडी नाकामा जााँच नै नगरी आउन दिनेगरेको छ । बिहानै जयनगरबाट सिरहाको माडर र पूर्व भेगका ठाडी नाकाबाट आँखा जाँचको लागि लाहान आउने गरेका भारतीय नागरिकको एन्टिजेन्ट परीक्षण नगरेको जाँच गराउन आउने बिरामीहरुले नै बताएका छन् ।

भारतीय विहार मधुवनी जिल्लाबाट आँखा जाँचको लागि आएका भारतीय नागरिकहरुका अनुसार सीमा नाका ठाडीमा कुनै जाँच गरिएको छैन । पहिलेकोजस्तै नेपाल–भारत आवतजावत भइरहेको उहाँहरुको भनाइ छ । २५ जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नहुने, अनिवार्य मास्क लगाउने लगायतका स्वाथ्य मापदण्डको पालना हन नसकेको स्थानीयहरुको गुनासो छ ।

सरकारले गरेको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नमा कडाइ गर्नुपर्ने लाहान स्वास्थ्य शाखाका प्रमुख जगदीश मण्डलले बताउनुभयो । सिराहा अस्पतालका जनस्वास्थ्थ्य अधिकृत कृष्णदेव यादवका अनुसार सिराहाका चारवटा भारतीय नाकामा पालिकाबाट राखिएको हेल्थ डेस्कहरुमा एन्टिजेन्ट परीक्षण गरी पोजिटिभ देखिएमा नेपालतर्फ आउन नदिइने निर्देशन भएको छ । तर प्रभावकारी कार्यान्वयन भइरहेको छैन ।

मण्डलका अनुसार ठाडी नाकामा सगरमाथा चौधरी आँखा अस्पताल लाहानले जाँचको व्यवस्था मिलाउन पहल थालिएको छ । हाटबजार, भोजभतेर समारोह र ठूला सभााहरु नगर्न गरेको निर्देशनलाई पालना गराउन प्रहरी परिचालन तथा विभिन्न मिडियाबाट प्रचारप्रसार गराई भीडभाड नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कोभिड सङ्क्रमण नियन्त्रण गर्न लागिपरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?