logo
२०८१ बैशाख १३ बिहीवार



निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रिय |


निर्वाचन आयोगको आह्वानमा  सर्वदलीय बैठक बस्दै


गोरखापत्र अनलाइन
काठमाडौं,पुस ३० गते । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न ११ः३० बजे बैठक बस्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ प्रवक्ता पौडेलले भन्नुभयो ।
उहाँका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ । बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?