logo
२०८१ बैशाख ७ शुक्रवार



निर्वाचन आयोगले बाेलायाे सर्वदलीय बैठक

राष्ट्रिय |


निर्वाचन आयोगले बाेलायाे सर्वदलीय बैठक
फाइल तस्बिर


काठमाडौं ,पुस २८ गते । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रमुख राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो ।

बैठकमा प्रमुख तीन एजेन्डामा छलफल हुनेछ । प्रवक्ता पौड्यालका अनुसार स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुन लागेको हो ।

बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयन भएपछि पहिलो पटक निर्वाचित स्थानीय तहको निर्वाचन तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?