logo
२०८० चैत्र १६ शुक्रवार



व्यवस्थित बनार्ईंदै बेहेडाबाबा मन्दिर

खुला |
प्रदेश |
समाज |


व्यवस्थित बनार्ईंदै बेहेडाबाबा मन्दिर
तस्बिर–बेहेडाबाबा मन्दिरको लागि तयार गरिएको गरिएको गुरुयोजना


कृतबहादुर विष्ट
फूलवारी(कैलाली), मङ्सिर,२३गते । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई थप व्यवस्थित गराउने प्रक्रिया अघि बढाइएको छ । मन्दिरलाई व्यवस्थित गराउन काठमाडौँस्थित भिजिनरी डिजाईन्स प्राईभेट लिमिटेडले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनका लागि धनगढी उपमहानगरपालिका र सो कम्पनीबीच बिहीबार सम्झौता गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित सो मन्दिरलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकीयस्थल बनाउन व्यवस्थित गरिन लागेको हो । काठमाडाैँस्थित सुन्धारामा एक समारोहको आयोजना गरी धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड र कम्पनीका अध्यक्ष तपेन्द्रकुमार शाहीले हस्ताक्षर गरेर सम्झौता गरिएको हो ।

कम्पनीका अध्यक्ष शाहीले मन्दिरमा रहेका पूरातात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपर्ने गरी मन्दिरलाई थप व्यवस्थित गरिने बताउनुभयो । सुदूरपश्चिम प्रदेश र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिकस्थलमा संरक्षणहरु थपिने छ’ उहाँले भन्नुभयो “मन्दिरमा अब चार वटा मूल ढोका राखिने छ भने पर्खाल, मूर्ति राख्नेलगायतका काम गरिने छ ।” उहाँका अनुसार भगवान शिव मूर्ति स्थापना गरी एक सय आठ धारा स्नानका लागि बनाइने छ ।

अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिकस्थल रहेको सो मन्दिरमा नयाँ संरचना निर्माण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण विन्दु बनाइने शाहीले बतानुभयो । सो अवसरमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढीमा रहेको शिवपुरी धाम, जाखोरताल, वेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाई उपमहानगरपालिकालाई धार्मिक तथा पर्यटकको आकर्षणको विन्दु बनाइने बतायनुभयो ।

“हामीले पर्यटकीय क्षेत्रमा पर्यटन भित्र्याउन हरसम्भव प्रयास गरिरहेका छौँ, मेयर वडले भन्नुभयाे “वेहडाबाबा मन्दिरलाई व्यवस्थित गर्न उपमहानगरपालिकासँग लगानी गर्न अभाव छैन । सम्बन्धित कम्पनीले छिट्टै योजना अघि बढाई कामको प्रारम्भ गर्नुपर्नेमा मेयर वडले जोड दिनुभयो ।

बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा पर्यटकहरुको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?