logo
२०८१ बैशाख ८ शनिवार



एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

राष्ट्रिय |
राजनीति |


एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने


काठमाडौं, मङ्सिर २२ गते । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।

यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेण्डा छन् । यही मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?