logo
२०८१ बैशाख १३ बिहीवार



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

अन्तर्राष्ट्रिय |


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा


संयुक्त राष्टसंघ, मङ्सिर २२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नुभएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान हकले बताउनुभएको छ ।

उहाँमा कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भए तापनि धेरै सावधानी अपनाउन उहाँले आफ्ना सबै संलग्नता रद्द गर्नुभएको छ ।

बिहीबार डिसेम्बर ९ मा उहाँको पुनः कोरोना परीक्षण नभएसम्म उहाँले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसङ्घको प्रेस सम्मेलनमा बताउनुभएको छ । महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसङ्घीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।

बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसङ्घ संवाददाता सङ्घको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उहाँको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दामध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बुस्टर डोज लिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?