logo
२०८१ बैशाख ११ मंगलवार



काँग्रेस महाधिवेशन : पौडेल समूहका नेताको छलफल चाक्सीबारीमा

राष्ट्रिय |
राजनीति |


काँग्रेस महाधिवेशन : पौडेल समूहका नेताको छलफल चाक्सीबारीमा


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् । पौडेल समूहमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएको छ । उम्मेदवार छान्न सकस बढ्दै गएपछि नेताहरु छलफलमा बसेका हुन् ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी जारी बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, नेता सिंहसँगै यो समूहका केन्द्रीय सदस्यसमेत सहभागी हुनुहुन्छ ।

नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार आधा घण्टा अघिदेखि सुरु भएको छलफल जारी छ । १४ औं महाधिवेशनमा सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल समूह सक्रिय भएको हो ।

संस्थापनइतर समूहले सोमबारदेखि नै छलफललाई तीव्रता दिएको हो । सोमबार साँझ वरिष्ठ नेता पौडेल निवास बोहराटारमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?