logo
२०८१ बैशाख ८ शनिवार



मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदद्वारा निन्दा

अन्तर्राष्ट्रिय |


मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदद्वारा निन्दा


संयुक्त राष्ट्रसङ्घ, मङ्सिर २१ गते । मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्यभागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा परी महिला र बालबालिकासहित ३० जनाभन्दा बढीको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका थिए ।

सुरक्षा परिषद्द्धारा जारी प्रेस विज्ञप्तिमा सदस्यहरुले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र पीडित परिवार र मालीको सङ्क्रमणकालीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । परिषद्का सदस्यहरूले आतङ्ककारी हमलाका दोषी, आयोजक, फाइनान्सर र प्रायोजकहरुलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । सबै राज्यहरुलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत आफ्नो दायित्वहरु बमोजिम काम गर्न आग्रह गरेको छ ।

उनीहरूले सबै प्रकारका आतङ्कवादलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतराहरूमध्ये एक हो भन्ने कुरालाई पुनः पुष्टि गरेका छन् । सबै राज्यहरुले अन्तर्राष्ट्रिय रुपमा हुने खतराहरू विरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । मालीको सङ्क्रमणकालीन सरकारले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अज्ञात सशस्त्र डाकूहरूको समूहले मध्य मालीको सोंगो गाउँनजिकै मानिसहरू बोकेको ट्रकमा आक्रमण गरी आगजनी गरेका थिए ।

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटाले आक्रमणमा मारिएकाहरुको सम्झनामा आइतबारदेखि तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यस स्थानमा केही समयअघिदेखि नै आतङ्ककारीले हिंसात्मक क्रियाकलाप गर्दै आएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?