logo
२०८१ बैशाख १२ बुधवार

  नेपाली कांग्रेस महाधिवेशन  



प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ

राष्ट्रिय |
राजनीति |


प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ


काठमाडौं, मङ्सिर २१ गते । नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो । “चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भन्नुभयो । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।

“अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, वसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भन्नुभयो । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?