logo
२०८० चैत्र १६ शुक्रवार



जातीय दङ्गामा परी ४८ जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय |


जातीय दङ्गामा परी ४८ जनाको ज्यान गयो


खार्तोम, मङ्सिर २१ गते । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दङ्गामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए ।दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सो संस्थाका अनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशङ्का गरिएको सो विज्ञप्तिमा जनाइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?