logo
२०८० चैत्र १६ शुक्रवार



राप्रपाको मतदान मध्यरातसम्म, परिणाम बिहान

राष्ट्रिय |
राजनीति |


राप्रपाको मतदान मध्यरातसम्म,  परिणाम बिहान


काठमाडौं, मङ्सिर १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म २९ सय मत खसेको छ । राती ८ बजेसम्म करिब २९ सय मत खसेको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । यो सँगै मतगणनाको परिणाम आउन समय लाग्ने भएको छ । बस्नेतका अनुसार आइतबार बिहान २ बजेसम्म परिणाम आउन सक्ने बताउनुभयो ।

राप्रपामा नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान भइरहेको उहाँले बताउनुभयो । शनिबार ढिला गरी सुरु भएका कारण मतदान सकिन मध्यरात हुने समेत उहाँले बताउनुभयो । मतदाताको सङ्ख्या धेरै भएको र त्यसलाई चुस्त ढङ्गले मतदान गराउने व्यवस्था गर्दा मतदान मध्यरातसम्म हुने उहाँले बताउनुभयो ।

‘मतदान गर्न आउने उम्मेदवारले लिस्ट नल्याउने र एउटा–दुइटा खोज्दा समय बढी लागेको छ,’ अधिकृत बस्नेतले बताउनुभयो । महाधिवेशनमा चार हजार ३८० जना प्रतिनिधिहले नयाँ नेतृत्वका लागि मतदान गर्दै हुनुहुन्छ । मतदानमा ६८ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

राप्रपाको अध्यक्षा पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार हुनुहुन्छ भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १४१ पदका लागि २७० जना उम्मेदवार हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?