logo
२०८१ बैशाख १३ बिहीवार



राप्रपा उपाध्यक्षमा आठ र महामन्त्रीमा छ जनाको उम्मेदवारी

९१ वटा विद्युतीय मेसिनबाट मतदान हुने

राष्ट्रिय |
राजनीति |


राप्रपा उपाध्यक्षमा आठ र महामन्त्रीमा छ जनाको उम्मेदवारी


काठमाडौं, मङ्सिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

राप्रपा निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्ष पदका लागि जगतप्रसाद गौचन, रामचन्द्र राय, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठ गरी जम्मा आठ जनाले मनोनयन दर्ता गराउनुभएको हो । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष पदका लागि उम्मेदवारबीचमा प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी राप्रपा महामन्त्रीमा छ जनाले मनोनयन दर्ता गराउनुभएको छ । महामन्त्रीका लागि रेखा थापा, डा. धवल शमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीले मनोनयन दर्ता गराउनुभएको हो । राप्रपा महामन्त्रीमा भने एक महिलासहित तीनजना निर्वाचित हुनेछन् । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको छुट्टा–छुट्टै प्यानलसहित यी पदाधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष पदका लागि मतपत्रबाट मतदान हुने भए पनि चार उपाध्यक्ष, तीन महामन्त्री र एक सय ४९ सदस्यका लागि भने विद्युतीय मेसिनको प्रयोग हुने राप्रपा निर्वाचन समितिले जानकारी दिएको छ ।

राप्रपा केन्द्रीय सदस्यका लागि दुई सय ६४ जनाको उम्मेदवारी छ । महाधिवेशनका लागि सय वटा विद्युतीय मेसिन तयार अवस्थामा छन् । मतदानका लागि ९१ वटा मेसिन प्रयोग हुनेछ भने चार वटा मेसिन अभ्यासका लागि राखिएको छ । प्राविधिक समस्यालाई दृष्टिगत गर्दै बाँकी रहेका पाँच वटा मेसिन स्टकमा राखिएको छ ।

साँझ ५ बजेपछि उम्मेदवारीको नामावली प्रकाशन हुने बस्नेतले बताउनुभयो । राप्रपा महाधिवेशनबाट निर्वाचित हुने एक सय ९९ केन्द्रीय कार्यसमितिमध्ये ५० जना सदस्य नवनिर्वाचित अध्यक्षबाट मनोनीत हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?