logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



राजधानीमा राप्रपा महाधिवेशन, के भन्छन् प्रतिनिधि ?

राजनीति |
राष्ट्रिय |


राजधानीमा राप्रपा महाधिवेशन, के भन्छन् प्रतिनिधि ?


काठमाडौं, मङ्सिर १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा देशभरका करिब चार हजार ६ सय प्रतिनिधि सहभागी रहेको राप्रपा महाधिवेशन निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट आगामी दिनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य अनुरुप पार्टीलाई एकताबद्ध गर्नसक्ने नेतृत्व चयन हुनुपर्नेमा राप्रपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको मुद्दालाई निरन्तर उठाउदै आएको राप्रपाले अहिलेका राजनीतिक दल र प्रणालीलाई नै चुनौती दिँदै आएको छ ।

देशमा गणतन्त्र घोषणा र नयाँ संविधान जारी भएपछि पनि राप्रपाले राजसंस्थालाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । गणतन्त्रको पक्षमा रहेका राजनीतिक दलहरुले देशमा सुशासन, विकास र जनताका दुःख नदेखेको भन्दै राप्रपाका नेता राजसंस्था पुनस्र्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र कायम हुनुपर्ने माग राख्दै आएको राप्रपामा अधिकांश प्रतिनिधि पाका उमेरका हुनुहुन्छ । कमल थापा र राजेन्द्र लिङ्देनबीच अध्यक्ष पदमा उम्मेदवारी घोषणा भइसकेको राप्रपाका नेताहरुले युवा सहभागीतालाई जोड दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?