logo
२०८० चैत्र १६ शुक्रवार



कालीकोटको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात

खुला |
प्रदेश |


कालीकोटको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात


प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर १६ गते । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । आज दिउँसो १२ वजेवाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो ।

हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ । माथिल्लो क्षेत्रमा रहेका भेडावाख्रा हिमपातले संकटमा परेको भेडापालक कृषकको भनाई छ । रास्कोटको चडीपानीवाट भेडी गोठाला जंगे खड्काले वाक्लो हिमपात भएकाले समस्या भएको वताउनुभयो ।

हामी त आगोको साहरामा वसौंला तर एक्कासी हिमपात हुँदा भेडावाख्रा चिसोले मर्ने त्रास वढेको बताउनुभयो । हिमपात नरोकिएमा तत्काल घडेनी, विसालीतिर झार्ने वताउनुभयो । हिमपातले चिसो पनि निकै वढेको छ । चिसोले गर्दा पशुचौपायाको चरण पनि समस्यामा परेको उहाँले बताउनुभयो ।

जिल्लाको रास्कोटको माथिल्लो क्षेत्रमा सबैभन्दा वढी हिमपात भएको छ । यस्तै, तिलागुफा नगरपालिका, जहाँ अग्ला हिमाल छन् त्यहाँ पुरै हिउँले सेताम्मे भएको स्थानीयको भनाई छ । चुली, पुग, रुडुवन्चु, शुभकालीकोटको भर्ता टावर, चंखेली हिमाल, ठाडामेला, लगायतका क्षेत्रमा भारी हिमपात भएको छ ।

हिमपातले भेडा सबैभन्दा वढी प्रभावित भएका छन । गोठालाहरुले तत्काल भेडा राख्ने ठाउँको खोजि गरिरहेको बताएकाछन । ठूला ओडार ढुङगाका खोचमा तत्काल ब्यवस्था गर्नेगरेका छन । जहिले पनि भारी हिमपात हुँदा यसरी नै राख्ने गरेको पचालझरना गाउँपालिकाका भेडीगोठाला सर्पसिहं वोहोराले वताउनुभयो । अहिले पनि पानी परिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?