logo
२०८० चैत्र १५ बिहीवार



अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल

स्वास्थ्य |


अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल


काठमाडौं, मङ्सिर १५ गते । सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरेर कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन अपिल गरेको हो ।

नयाँ भेरियन्ट बढी सङक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने देखिएकोले सचेत र जिम्मेवारी बनी स्वास्थ्यका मापदण्डाहरुको पालना गर्न गराउन सबैलाई विज्ञप्तिमार्फत मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले कोेभिड–१९ विरुद्धको खोप लगाउन पनि सबैमा अनरोध गरेको छ ।

केही दिन अघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट साउथ अफ्रिका तथा एशियाका केही मुलुकहरुमा तीव्र रुपमा फैलिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरियन्ट ‘अफ कन्सर्न’ भनि घोषण गरेको छ । उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको मन्त्रालयले जनाएको छ ।

नयाँ देखिएको भेरिएन्टलाई नेपालमा प्रवेश हुन नदिन सरकारले काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?