logo
२०८० चैत्र १६ शुक्रवार



समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताः मुख्यमन्त्री राउत

खुला |
प्रदेश |


समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताः मुख्यमन्त्री राउत


धर्बेन्द्र झा
जनकपुरधाम, मंसिर १३ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणका लागि प्रदेश २ मा प्रदेश सरकारले विभिन्नखालका कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतको सरकारी निवास मधेश भवनमा सोमबार नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताउनु भएको हो । उहाँले समाजिक संरचनाकैकारण अधिकांश क्षेत्रमा पछिपरेको प्रदेश २ लाई समयसापेक्ष प्रतिस्पर्धी बनाउन प्रदेश सरकार समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

समाजिक रुपान्तरणका लागि प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल रहेको उहाँले दावी गर्नुभयो । मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिमलगायतका समुदायलाई राज्यको मुलधारमा ल्याउन सरकारले शुरु गरेको योजनाहरुबारे शिक्षार्थीलाई जानकारी गराउनुभयो ।

प्रदेश २ सरकारद्वारा समाजिक रुपान्तरणका लागि चालिएका कदमहरु बेटी पढाउ बेटी बचाउ, स्वेच्छता अभियान, दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायमा आरक्षणको व्यवस्थालगायत रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले आफनो विचार राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?