logo
२०८१ बैशाख ८ शनिवार

  नेपाल बार पदाधिकारीसँग प्रमकाे भेट  



न्यायालयको विवाद केही दिनमै समाधान हुन्छ : प्रधानमन्त्री देउवा

मुख्य समाचार |
राजनीति |


न्यायालयको विवाद केही दिनमै समाधान हुन्छ : प्रधानमन्त्री देउवा


काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवाद केही दिनमै समाधान हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेपाल बार एसोसिएसनको टोलीले न्यायालयमा देखिएको विवादको विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको हो ।

बारको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै निकासको विषयमा गम्भीर छलफल हुने आश्वासन प्रधानमन्त्रीले दिनुभएको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

‘कानुन व्यवसायीले उठाउनुभएका विषयमा गठबन्धनका दलसँग छलफल गरेर केही दिनमै समाधान गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठले बताउनुभयो ।

‘२० हजार कानुन व्यवसायीको प्रतिनिधित्व गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूसँग न्यायपालिकामा रहेको विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध हामीले एक महिनादेखि गर्दै आएको आन्दोलनको विषयमा जानकारी गराएका छौँ’, नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेको निकास भनेको उहाँको राजीनामा हो ।’

संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उहाँको भनाइ छ । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवासायी एक महिनादेखि आन्दोलित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?