logo
२०८१ बैशाख १३ बिहीवार



लायकु दरबारलाई यथास्थानमा पुनःनिर्माण गर्न प्रेस सेन्टरको माग

खुला |
प्रदेश |


लायकु दरबारलाई यथास्थानमा पुनःनिर्माण गर्न प्रेस सेन्टरको माग



गोरखापत्र अनलाइन
कीर्तिपुर, मङ्सिर १० गते । प्रेस सेन्टर, नेपाल कीर्तिपुर शाखाको पहिलो अधिवेशनले रिदेन महर्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमिति उपाध्यक्षमा गौतम महर्जन, सचिवमा त्रिलोचन प्रधान, सदस्यहरुमा अनुप श्रेष्ठ, भूपेन्द्र निरौलालगायत चयन हुनुभएको छ ।
अधिवेशनले कीर्तिपुरको लायकु दरबारलाई यथास्थानमा पुनःनिर्माण, कीर्तिपुरको गढ पर्खाल संरक्षण, बेनिसा स्वबासी स्थानीय जनतालाई यथाशीघ्र प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गर्न नेपाल सरकारसँग माग गरेको छ ।
अधिवेशनले कीर्तिपुर क्षेत्रमा सञ्चालित ससाना लगानी रहेका सञ्चारमाध्यमलाई समानुपातिक ढङ्गले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न स्थानीय निकायसँग माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?