logo
२०८१ बैशाख ८ शनिवार



सर्वोच्चमा आज पेशी तोकिएको २८४ मुद्दामध्ये २१४ ‘हेर्न नभ्याइने’ सूचीमा

राष्ट्रिय |


सर्वोच्चमा आज पेशी तोकिएको २८४ मुद्दामध्ये २१४ ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौं, मङ्सिर ९ गते । सर्वोच्च अदालतमा आज २१४ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलासमा २८४ मुद्दामा पेशी तोकिएको थियो । पेशी तोकिएको मुद्दामध्ये नौ मुद्दामा फैसला, पाँचमा आदेशर २१४ हेर्न नभ्याइने सूचीमा राखिएको सर्वोच्चले जनाएको छ ।
आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा.आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानका लागि पूर्ण इजलास तोक्नुभएको हो ।
यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुङ्गाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ ।साथै, डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?