logo
२०७८ मंसिर १८ शनिवार

  सर्वाेच्च अदालतका न्यायाधीशहरूकाे बैठक सम्पन्न  



मङ्सिर १५ देखि गोलाप्रथाबाट पेशी ताेक्ने निर्णय

राष्ट्रिय |


मङ्सिर १५ देखि गोलाप्रथाबाट पेशी ताेक्ने निर्णय


काठमाडौं, मङ्सिर ९ गते । सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । बिहीबार दिउँसो बसेको 'फुलकोर्ट' बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको बैठकमा उपस्थित एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने उपस्थित हुनुभएन । तर, प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम न्यायाधीश रहने पेशी व्यवस्थापन निर्देशन समितिबाटै पेशी तोक्ने निर्णय भएको हो ।
त्यस्तै बैठकले योभन्दा अगाडि सर्वोच्चमा सुनुवाइको प्रक्रियामा रहेका, निर्णय हुन बाँकी, हेर्दा हेर्दैका मुद्दा र निर्णय सुनाउन भनेर राखिएका मुद्दा गोलाप्रथा प्रक्रियाबाटै जाने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?