logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक थप नौ हजार नयाँ सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर ८ गते । भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै छन् । यो सङ्ख्या ५३७ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयको भनाइ छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुँदै गएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?