logo
२०८१ बैशाख ११ मंगलवार



एमाले महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक

राष्ट्रिय |
प्रदेश |


एमाले महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक



शालिग्राम नेपाल
चितवन, मङ्सिर ८ गते । नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाउने भएको छ ।
महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात रोक लगाएको हो । पश्चिम नेपालबाट आउने र पश्चिम जाने अत्यावश्यक बाहेकका सवारी साधन पूर्ण रोक लगाइएको छ ।
पूर्वी नेपालबाट काठमाडाैं र पोखरा आउजाउ गर्ने यातायात भने बाइपास सडकबाट सञ्चालनमा आउनेछ । भीडलाई व्यवस्थित पार्न र यातायात सहज बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
धेरै मानिसको आवागमन हुने भएकाले हामीले सवारी साधनलाई व्यवस्थित पार्नपर्छ भन्नुभयो । नारायणी नदी पश्चिमबाट चितवन प्रवेशमा हामीले विहान ९ बजेदेखि पूर्ण रोक लगाएका छौ । काठमाण्डै र पोखराबाट नारायणगढ हुदै पश्चिम जाने सावारी साधनपनि रोकिनेछ । अत्यावश्यक एम्वुलेन्स, विरामी बोकेको साधन र सुरक्षा निकायका बाहेक यो मार्गमा सञ्चालन हुनेछैन । बेलुका ५ बजेपछि भने सञ्चालन हुनेछ ।
पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिनेछ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ । मुग्लिन हुँदै काठमाडाैं, पोखराबाट आएका गाडी बजारभन्दा पर आँपटारीमा रोकिनेछन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिनेछ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिनेछन् । महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नुपर्ने हुन्छ । उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिनेछ ।
यस्तै, महाधिवेशनको उद्घाटनको दिन बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ । अत्यावश्यक सेवाका गाडीलाई कसरी पास गराउने भन्ने बारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?