logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय

पढ्नै पर्ने |


राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय


काठमाडौं, मंसिर २ गते । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?