logo
२०८१ बैशाख १२ बुधवार



साेमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

राष्ट्रिय |
प्रदेश |


साेमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान


 

काठमाडौं, मङ्सिर १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्राविधिक रुपमा जडान भएका सामाग्रीको अवस्था जाँच गर्ने, ग्राउण्ड अवस्था मिलाउने जस्ता काम गरिने क्यालिब्रेसन उडान ३० घण्टा भन्दा बढी हुने प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका प्राविधिक, विमानस्थल निर्माण कम्पनीका प्राविधिक र एरो थाईका प्राविधिकहरुबीच छलफल शुरु भएको क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न प्रविधि जडित छुट्टै जहाजबाट गरिने उक्त उडानबाट जहाजको अवतरण र टेकअफ रुटको सबै फ्रिक्वेन्सी तय गर्ने प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेसन उडानपछि तत्कालै परीक्षण उडान सम्पन्न गरी थप नियमित उडानको तालिका सार्वजनिक गर्ने तयारी थालेको समेत उहाँले जानकारी दिनुभयो । विमानास्थलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित आर्थिक वर्ष २०७२/०७३ मा शुरु भएको थियो । करिब ३१ अर्ब रूपियाँ लागतमा निर्माण भएको विमानस्थलको हाल ९८ प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरस महामारीले निर्माणमा ढिलाइ भएको थियो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु गरेको छ ।

यी निर्माण चरणमा रहेको तीन अन्तराष्ट्रियस्तरका विमानस्थल निर्माणसँगै नेपालमा अन्तराष्ट्रिय उडानका लागि सहजता हुने भएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ दुईवटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी २९ वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएका छन् ।

यता यती, श्री र बुद्ध एयरलाइन्सले पनि अन्तराष्ट्रिय उडानका लागि अनुमति पाइसकेका छन् । हाल नेपालमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । नेपाल एयरलाइन्स, यती, श्री, बुद्ध, सौर्य, तारा, समिट, सीता, गुण एयरलाइन्सले आन्तरिक उडान गर्दै आएका छन् ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?