logo
२०८० चैत्र १६ शुक्रवार



गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

राष्ट्रिय |


गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज


काठमाडौं, कात्तिक २९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका नेपालका ३५ वटै विमानस्थलमा प्रविधिको सहयोगमा जहाज अवतरण गर्न सकिने व्यवस्था छैन । एक मात्र अन्तराष्ट्रिय उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत यो सुविधा छैन ।

इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्न जहाज १० माइल टाढादेखि तीन डिग्रीमा आउनुपर्ने हुन्छ त्यसैले भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण नेपालका अधिकांश विमानस्थलमा यो प्रविधि जडान हुन नसकेको वरिष्ठ पाइलट दधिराम निरौलाले बताउनुभयो ।

नवनिर्मित विमानस्थलहरुमा भने यो प्रविधि जडान गर्ने तयारी गरेको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गर्ने प्राधिकरणले जनाएको छ ।

तलमाथि, दायाँबाँया सबै जानकारीसहित सिष्टम जडान हुने भएकाले यो प्रविधि जडानसँगै जहाज अवतरण र उडानका लागि सहज हुने र दुर्घटना हुनबाट समेत जोगिने पाइलट निरौलाले बताउनुभयो । आजसम्म सबै जहाजहरु आँखाले हेरेका भरमा अवतरण र उडान गर्दै आएको उहाँले बताउनभुयो ।

भारतका शतप्रतिशत विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान छ । प्राधिकरणले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान गरेसँगै यसको जाँच गर्न दक्ष प्राविधिकबाट क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?