logo
२०८० चैत्र १५ बिहीवार

  सन्दर्भ गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती  



राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिले गणेशमानको सपना पूरा हुने

राष्ट्रिय |


राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिले गणेशमानको सपना पूरा हुने


काठमाडौं, कात्तिक २४ गते । नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको १०६औं जन्म जयन्तीको अवसरमा देशको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गरिएको छ । लोहपुरुषको नामले चिनिने स्वर्गीय नेता सिंहको नेतृत्वमा २०४६ सालमा कार्यगत एकताको आधारमा कम्युनिस्टहरुसँगको संयुक्त जनआन्दोलन सफल भएको थियो ।

तात्कालीन जहाँनिया राणा शासनकालमा वि.सं. १९९७ मा सर्वस्वसहित आजीवन कारावास सजाय पाउनुभएको थियो । त्यसपछि २००१ सालमा भद्रगोल जेलमा कठिन जीवन व्यतित गर्नुभएको सिंह २००३ सालपछि भारतमा थप १५ वर्ष निर्वासित जीवन बिताउनुभयो । ’भारतमा विपी कोइरालासँग उहाँको भेट भयो । २००७ सालको प्रजातन्त्र स्थापनामा उहाँको अतुलनीय योगदान छ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तात्कालीन राजा विरेन्द्र शाहको सरकारले उहाँलाई प्रधानमन्त्रीको अफर गर्यो । तर, उहाँले म प्रधानमन्त्री बन्ने होइन, प्रजातिन्त्रक पद्धतिलाई अगाडि बढाउनुपर्छ भनेर उहाँले भन्नुभयो । राजाको छोरा होइन, जनताको छोरा प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारणा उहाँले राख्नुभयो ।’, काँग्रेस नेता प्रकाशमान सिंहले स्मरण गर्नुभयो ।

२०१७ सालपछि हजारौं कार्यकर्ताहरु निर्वासित जीवन बताउनुपरेको स्मरण गर्नुहँुदै नेता सिंहले सर्वोच्च कमान्डर सिंहले वामपन्थी नेताहरुलाहरुलाई पनि आफ्नो नेतृत्वमा राखेर बहुदलीय व्यवस्थालाई स्वीकार गर्न लगाएको बताउनुभयो । विगतमा काँग्रेसका संस्थापक नेताहरुले प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानलाई सहि अर्थमा कदर गर्नुपर्ने उहाँको भनाइ छ ।
दोस्रो संविधानसभामा काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको बताउनुहँुदै उहाँले लामो संघर्ष पश्चात् देशमा उपलब्ध संविधान, गणतन्त्र र संघीयता संस्थागत हुनुपर्ने बताउनुभयो । स्थानीय र प्रान्तीय सरकारलाई कानुन निर्माण गरेर अधिकार प्रदान गर्नुपर्ने धारणा उहाँको छ ।
विगतमा कम्युनिस्टलाई जनताले झण्डै दुईतिहाई बहुमत दिँदा पनि यो म्यान्डेटलाई सम्हाल्न नसकेको उहाँ बताउनुहुन्छ । स्वर्गीय नेता सिंहको स्मरण गर्नुहँुदै उहाँले राजनीतिक क्रान्तिसँगै अबको दिनमा आर्थिक क्रान्तिलाई अगाडि बढाइनुपर्ने विचार राख्नुभयो ।
उहाँले त्यस समय राजालाई राष्ट्रियता र प्रजातन्त्र गुम्न सक्नेमा होस् पुर्याउनुहोला भन्नुभएको थियोे । यसैगरी आर्थिक क्रान्ति अझै हुन बाँकी छ भन्नुभएको थियो ।’ , सिंहले बताउनुभयो ।

पछिल्लो समय न्यायलयमा देखा परेको समस्याप्रति सरकारको तर्फबाट पनि सम्बोधनको पहल हुनुपर्ने उहाँ बताउनुहुन्छ । विशेषगरी यो विषयलाई अनिर्णयको बन्दी बनाउन नहुने उहाँ भन्नुहुन्छ । काँग्रेसको चौधौं महाधिवेशनको सन्दर्भमा विधि र नियमसम्मत ढङ्गबाट पार्टीलाई अगाडि बढाइनुपर्नेमा उहाँको जोड छ ।

समग्रमा, देशमा उपलब्ध प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने भावना सबैमा आउन सके स्वर्गीय नेताप्रति सहि अर्थमा श्रद्धाञ्जली अर्पण हुने सिंह बताउनुहुन्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?